दफा ७३क
पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा पाँच तलबवृद्धि रोक्का गर्ने वा पदको शुरु स्केलमा घटुवा गर्ने
देहायको कुनै अवस्थामा कर्मचारीलाई दुईदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलबवृद्धि रोक्का गर्ने वा निज बहाल रहेको पदको शुरु तलब स्केलमा घटुवा गर्ने सजाय गर्न सकिनेछः–
(क) पटक पटक अनुशासनहीन काम गरेमा,
(ख) यो ऐन वा प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(ग) व्यवस्थापन परीक्षणबाट देखिएका अनियमितता सम्बन्धमा दिएको निर्देशन पालना नगरेमा ।